सुदूरपश्चिमका मुख्यमन्त्री पाल्न ७ महिनामा २७ लाख सरकारी बजेट खर्च, के–के गरे काम ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको तलब–सुविधामा कार्यकालको ७ महिनामा २७ लाखभन्दा बढी सरकारी बजेट खर्च भएको छ ।

२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहको सेवासुविधामा भदौ ३० गतेसम्म २७ लाख ३९ हजार १०२ रुपैयाँ खर्च भएको छ ।

राम्रोन्युज डट्कमका प्रधान सम्पादक केशवबहादुर बोहराले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको खर्च विवरणअनुसार मुख्यमन्त्री शाहको तलब, स्वकीय सचिव, कार्यालय सहयोगी, भान्से, सवारीचालकमा लाखौं रकम खर्च भएको पाइएको छ ।

मुख्यमन्त्री शाहले ७ महिनामा इन्धनमा ६ लाख ५५ हजार ८१८ रुपैयाँ खर्च गरेका छन् । पारिश्रमिकमा २० लाख ८३ हजार २८४ रुपैयाँ खर्च भएको छ ।

खर्च विवरण तालिकामा हेर्नुहोस् –

प्रदेश सरकारको लाखौं रुपैयाँ खर्च गरेर मुख्यमन्त्री शाहले के–के काम गरे त ? मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदीश जोशीले उपलब्ध गराएको सूचनामा स्पष्ट कार्यविवरण उल्लेख गरिएको छैन ।

यस्तो छ मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको सूचना –

सूचना मागकर्ता निवेदक बोहराले मुख्यमन्त्रीले गरेको कार्यसम्पादन स्पष्ट खुल्ने गरी विवरण मागेका थिए ।

सूचना मागको ढाँचा यस्तो थियो –


सूचनामा कार्यसम्पादनको स्पष्ट विवरण मागिए पनि मुख्यमन्त्री कार्यालयले उपलब्ध गराउन सकेन ।

यो पनि –

नागरिक उन्मुक्तिको ‘कृषि क्रान्ति’ : मन्त्री पाएपछि डेढ महिनामै ‘कपाकप’ खाए ५ लाख तलबभत्ता

सम्बन्धित
Loading...