धनगढी । हेटौंडामा आयोजित अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका खेलाडी सवार बस दुर्घटना भएको छ ।
कपिलवस्तु जिल्लाको चोरमारा खोला नजिक शुक्रबार राति भएको दुर्घटनामा परी उसु खेलाडी धनगढी उपमहानगरपालिका–१२ जुगेडा निवासी निता खड्काको निधन भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् धनगढीका सदस्य सचिव दिपकबहादुर सिंहले विज्ञप्तिमार्फत जनाएका छन् ।
दुर्घटनामा परेर खेलाडीहरू पुष्पा कुँवरm सपना तामाङ, सिर्जना बीसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरू खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएका छन् ।
परिषद्ले मृतक परिवारलाई राहत र घाइतेको उपचारका लागि आवश्यक सहयोग गरिदिन प्रदेश सरकारसँग अनुरोध गरेको छ ।