नागरिक उन्मुक्तिको ‘कृषि क्रान्ति’ : मन्त्री पाएपछि डेढ महिनामै ‘कपाकप’ खाए ५ लाख तलबभत्ता

धनगढी । सुदूरपश्चिमको टीकापुरबाट उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापना भएपछि पहिलोपटक गत साउन १७ गते सुदूरपश्चिम प्रदेश सरकारमा गयो । मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गरेसँगै सुदूरपश्चिममा नागरिक उन्मुक्तिको सत्तायात्रा सुरु भयो ।

साउन १७ गते मन्त्री नियुक्त भएका कृषिमन्त्री रामेश्वर चौधरीको सेवासुविधामा प्रदेश सरकारले डेढ महिनामै ५ लाख रुपैयाँ खर्च गर्नुपरेको छ ।

राम्रोन्युज डट्कमका प्रधान सम्पादक केशवबहादुर बोहराले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको विवरणमा साउन महिनाको १४ दिन र भदौ महिनासम्मको खर्च हेर्दा ५ लाख ३ हजार ८१३ रुपैयाँ खर्च भएको पाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले उपलब्ध गराएको सूचनाअनुसार मन्त्री चौधरीको तलबभत्ता, स्वकीय सचिव, निजी सचिवालयका कर्मचारीको तलबभत्तामा ५ लाख बढी रकम खर्च भएको छ ।

साउन महिनामा मन्त्री चौधरीले तलबभन्दा भत्ता बढी लिएको पाइएको छ । उनले साउन महिनाका १४ दिन बराबर २९ हजार ४०० रुपैयाँ तलब पाएकोमा दैनिक भ्रमण भत्ता ३४ हजार ५५० रुपैयाँ खाएका छन् ।

यस्तो छ खर्च सम्बन्धी विवरण –

मन्त्री चौधरी नियुक्त भएको डेढ महिनामा ५ लाख रकम खर्च भए पनि काम के–के भयो त ? सूचना माग्दा काम गरेको विवरण पनि माग गरिएको थियो । काम गरेको सम्बन्धी सूचनामा यस्तो विवरण प्राप्त भएको छ –

नवनियुक्त मन्त्रीले डेढ महिनामा गरेको खर्चअनुसार काम भयो कि भएन ? पाठक स्वयंले पनि मूल्यांकन गर्नेछन् ।

सम्बन्धित
Loading...