काठमाडौंमा आरक्ष पीडितको भोक हड्ताल, शेरबहादुरले लखेटेको र एनपीले ढाँटेको आरोप

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितले काठमाडौंको माइतीघर मण्डलमा भोक हड्ताल सुरु गरेका छन् ।

शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टले सोमबारदेखि भोक हड्ताल सुरु गरेका छन् ।

माग पूरा नभएसम्म अब रातदिन भोक हड्तालमा बस्ने सचिव भट्टले जानकारी दिए । २०५८ सालमा विस्थापित भएकालाई २२ वर्षसम्म सडकमा अलपत्र पारेकाले सरकारले क्षतिपूर्तिसहित पुनःस्थापना गर्नुपर्ने पीडितको माग छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा घरगोठ फालिएको, घरबाट लखेटिएको हो,’ उनले भने, ‘अब हाम्रा बालबालिकालाई राज्यको मूलधारमा ल्याई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।’

समस्या समाधानका नाममा राज्यले आयोग बनाएर कार्यकर्ता पाल्ने काम मात्रै गरेको उनको गुनासो छ । ‘हामीले जिल्लादेखि प्रदेशसम्म माग राख्यौं तर सुनुवाइ नभएपछि काठमाडौं आएको पनि ५ महिना भयो । सरकारले केही गरेन, भोलि–पर्सि हुन्छ भन्यो । टुंगो नलागेर बाध्य भएर माइतीघरमा आयौं,’ उनले भने ।

कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित नारायणप्रकाश (एनपी) साउँद परराष्ट्रमन्त्री छन् । उनले चुनावका बेला आरक्षपीडितको समस्या समाधान गर्ने वचन दिएर भोट मागेका थिए । तर अहिले मन्त्री साउँदले काठमाडौंमा भेट्नै नदिने, घरमा प्रवेश निषेध गरी गेटबाटै फर्काइदिने गरेको पीडितको गुनासो छ ।

मन्त्री एनपीको ‘दरबार’मा आरक्ष पीडितलाई निषेध ! माइतीघरमा भोक हड्ताल गर्ने तयारी

सम्बन्धित
Loading...