काठमाडौं । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गर्दै गृह मन्त्रालयले अन्तरजिल्ला आवागमनलाई निषेध गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । गृहले बुधवार देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै बिहीवारदेखि सवारी पास जारी नगर्न निर्देशन दिएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरूले अन्तरजिल्ला सवारी पास जारी गर्ने गरेका थिए । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सक्रिय संक्रमित २०० नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेको थियो । अतिआवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनुपर्ने व्यवस्था भएपनि अब के गर्ने भनेर परिपत्रमा खुलाइएको छैन ।
गृह मन्त्रालयको परिपत्रमा अर्काे व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न निर्देशन दिइएको छ ।
सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन साउन ७ गते अन्त्य गरे पनि कडाइ कायमै राखेको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित तराईका जिल्लामा संक्रमण बढ्नुका साथै ज्यान गुमाउनको संख्या बढ्न थालेपछि सरकारले प्रतिबन्धात्मक आदेश जारी गरेको छ ।
यस्तो छ परिपत्र –
