काठमाडौं । गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले साथ दिएकी छन् ।
जीवन विश्वकर्माको शब्द रहेको गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको डिरेक्सन रहेको गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
यसअघि सार्वजनिक भएको गायक राजकुमार शशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो ।
हेर्नुहोस् भिडियो :-