अदालतबाट दोषी ठहर भई फरार रहेका २ जना पक्राउ

धनगढी । कैलालीमा अदालतबाट दोषी ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका २ प्रतिवादीलाई फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएका गौरीगंगा नगरपालिका–१ बस्ने ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएका गोदावरी नगरपालिका–३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन् ।

सम्बन्धित
Loading...