काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलिबाट सरकारी कार्यालयदेखि बैंकसम्म बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने निर्णय भएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले हस्ताक्षर गर्नुभएको सूचना अनुसार यसबीचमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरू पूर्णरुपमा बन्द गरिने भएको छ ।
सूचना अनुसार ढुवानीका साधनबाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधन पूर्णरुपमा बन्द गरिने छन् भने निजी सवारीसाधन मोटरसाइकल, स्कुटरहरू जोरबिजोर प्रणाली अनुसार चल्न हुन पाउने छन् ।
‘जिल्लामा स्थानीय लगायत सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा समेत कोरोना संक्रमण देखिएकाले साउन २३ गतेबाट ३२ गतेसम्म १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो,’ सूचनामा उल्लेख छ ।
प्रशासनको निर्णय उल्लंघन गर्नेलाई दण्ड जरिवाना कारवाही गरिने समेत जनाइएको छ ।
यस्तो छ जरुरी सूचना –
