पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पतिपत्नीलाई कोरोना संक्रमण पुष्टि

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई संक्रमण पुष्टि भएको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘मलाई पनि पोजेटिभ देखियो। तर राम्रो के भने बितेको १० दिनयता मैले कसैलाई भेटेको छैन । मलाई त लक्षण विनै देखियो । तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित । दुवै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो । सुरक्षित रहौ ।’

मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।

Posted by Gokul Baskota on Thursday, October 22, 2020

सम्बन्धित
Loading...