धनगढी । भारतको केरल लगायत राज्यमा कोरोना संक्रमण बढिरहेका बेला कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
गौरीफन्टा नाकामा ७० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जनाइएको छ ।