हाडनाता करणी मुद्दामा १ वर्ष कैद सजाय भएकी महिला पक्राउ

बैतडी । प्रहरीले हाडनाता करणी मुद्दामा १ वर्ष कैद सजाय भएकी बैतडीकी महिलालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बैतडीबाट हाडनाता करणी मुद्दामा २०७३ असार १८ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिएर फरार रहेकी महिलालाई फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको छ ।

सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घरमा फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित
Loading...