सावधान ! रुपैयाँ पैसाबाट पनि कोरोना सर्छ, कसरी बच्ने ? (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी संसारभर तीब्र गतिमा फैलिइरहेको छ । कोरोना संक्रमित व्यक्तिको सम्पर्कबाट कोरोना एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भए पनि अन्य विभिन्न माध्यमबाट पनि कोरोना सर्छ ।

कोरोना सर्ने माध्यम रुपैयाँ पैसा समेत हुनसक्ने सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको छ ।

डा. राधिका थपलियाको भिडियो सन्देश जारी गर्दै मन्त्रालयले रुपैयाँ पैसा समेत कोरोना सार्ने माध्यम हुनसक्ने जनाएको छ । डा. थपलियाले भिडियोमा कुराकानी गर्दा, हाच्छ्यू गर्दा र श्वासको माध्यमबाट मुख्यगरी कोरोना सर्ने भए पनि रुपैयाँ पैसाबाट समेत कोरोना सर्ने जानकारी दिनुभयो ।

कोरोना भाइरस कुन माध्यममा कति समय जीवित रहन्छ भन्ने कुरा माध्यम केबाट बनेको छ त्यसमा भर पर्ने डा. थपलियाले बताउनुभयो ।

रुपैयाँ पैसाबाट सर्नसक्ने कोरोना भाइरसबाट बच्न डा. थपलियाले २ वटा उपाय दिनुभएको छ । रुपैयाँ पैसा छोइसकेपछि साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने विधि नै रुपैयाँ पैसाबाट सर्ने कोरोनाबाट बच्ने उपाय रहेको डा. थपलियाले बताउनुभयो ।

हेर्नुहोस् भिडियो सन्देश –

Dr. Radhika Thapaliya

Dr. Radhika Thapaliya – रूपैयाँ पैसा चलाउँदा मलाई कोभिड १९ सर्न सक्छ ?

Posted by Ministry of Health and Population-Nepal on Friday, October 2, 2020

सम्बन्धित
Loading...