एसईई नतिजामा त्रुटि भए के गर्ने ? यस्तो छ निवेदन दिने ३५ दिने प्रक्रिया

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

कोरोना महामारीका बेला गरिएको मूल्यांकन विधिमा सहभागी ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सोमबार सार्वजनिक भएको हो ।

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करीब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय १० कक्षाका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।

विद्यालयले गरेको मूल्यांकनलाई प्रमाणित गरी नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । बोर्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नतिजामा त्रुटि भएमा ३५ दिनभित्र निवेदन दिनुपर्ने सूचित गरेको छ ।

सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिएर परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएपछि नतिजा प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।

यस्तो छ बोर्डको विज्ञप्तिको अंश –

सम्बन्धित
Loading...