यसपालिको एसईई सर्‍यो, चैत १५–२७ गतेसम्म सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र १५–२७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज आईतबार बसेको बैठकले एसईई होली पर्व पछाडि सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघिको कार्यतालिकाको बीचमा होली परेका कारण परीक्षा केही पछि सारिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

सम्बन्धित
Loading...