काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
कोरोना महामारीका बेला गरिएको मूल्यांकन विधिमा सहभागी ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सोमबार सार्वजनिक भएको हो ।
एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करीब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय १० कक्षाका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।
विद्यालयले गरेको मूल्यांकनलाई प्रमाणित गरी नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
यस्तो छ परीक्षा बोर्डको विज्ञप्ति –