धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ ।
कैलाली जिल्लाका विभिन्न स्थानहरू धनगढी उपमहानगरपालिका–१३ राजपुर, टीकापुर नगरपालिका–६ प्रतिपुलस्थित भित्री सडकखण्ड, टीकापुर–९ बालुवाटार र कैलारी गाउँपालिका–६ बेनौलीबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख ७४ हजार ३५० रुपैयाँ बराबरको बिडी, सुर्ती, आटा छान्ने छन्नी, स्टिलका कचौरा, टिफिन, फलामको कराही, स्टिलको खाना राख्ने हडकेश, प्लास्टिकका विभिन्न सामान, लुगा धुने ब्रस, प्लाष्टिकका पानी खाने बोतल, प्लाष्टिकका बाटा, साबुन दानी, चुरा, डाबर तेल, लेडिज काटा, प्लाष्टिक झिल्ली, ब्रोइलर कुखुरा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ४३ हजार ५५२ रुपैयाँ बराबरको प्याज, चिनी, जिरा, धनियाँ लगायतका सामानहरू वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।