धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलेर पैठारी गरिएका सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ ब्यारेल, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–७ मनेहरा, धनगढी–९ त्रिवेणीघाट, भजनी नगरपालिका–३ काँडा र टीकापुर नगरपालिका–९ बालुवाटारस्थित भित्री सडक खण्डबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
अवैध रूपमा भारतबाट भन्सार छलेर ल्याएका अन्दाजी मूल्य ३ लाख २९ हजार ८९० रुपैयाँ बराबरको प्याज, चिनी, बिडी, सुर्ती, खाने तेल, पेय पदार्थ, अचार, सरप, चप्पल, चारपांग्रे टायर, स्कुटी टायर, मोटरसाइकल टायर, टायर वफर, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेर नियन्त्रणमा लिएको छ ।