धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–१ शान्तिनगर, वडा नम्बर २ मिलनचोक, वडा नम्बर ३ चौराह, वडा नम्बर ८ धनगढीगाउँबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २ लाख १० हजार ३७५ रुपैयाँ बराबरको प्याज, चिनी, मिश्री, भाँडाबर्तन, चियापत्ति, बदाम, तेल, नरिवल, मसला लगायतका सामानहरू र भजनी नगरपालिका–३ जवलपुरबाट अन्दाजी मूल्य ८७ हजार ५०० रुपैयाँ बराबरको जुत्ता र चप्पल गरी जम्मा अन्दाजी मूल्य २ लाख ९७ हजार ८७५ रुपैयाँ बराबरका सामानहरू बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख २६ हजार रुपैयाँ बराबरको चिनी, तोरी, मोटरसाइकल २ सहित बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।