भन्सार छलिका अवैध सामानहरू बरामद

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलिका अन्दाजी मूल्य २९ हजार ५२० रुपैयाँ बराबरका सामानहरू बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ चौराह नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १० हजार ४२० रुपैयाँ बराबरको प्याज, मिश्री, मिठाई, सरप, चक्लेट, खुर्सानी लगायतका सामानहरू बरामद गरिएको छ ।

टीकापुर नगरपालिका–७ सत्ती बजारबाट अन्दाजी मूल्य १९ हजार १०० रुपैयाँ बराबरको प्याज, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको छ ।

बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका सामानहरू गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...