लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकिएका १ जना पक्राउ

धनगढी । लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय सन्तोष सहानीलाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले जरिवाना तोकिएर फरार रहेका उनलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीसमक्ष पेश गरिएको जनाइएको छ ।
सम्बन्धित
Loading...