कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
दुवै जनाबाट प्रहरीले ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पास बरामद गरेको छ ।
अवैध लागूऔषधसहित पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ बस्ने २३ वर्षीय विनोद शाह र भजनी–१ बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासनबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारेर पक्राउ गरेको छ ।