अवैध लागूऔषधसहित ३ जना पक्राउ

धनगढी । प्रहरीले अवैध लागूऔषधसहित कैलालीमा ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने २२ वर्षीय बिक्रम बोहरा समेत २ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ परेको छ ।

धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट ५२ ग्राम लागूऔषध गाँजासहित स्थानीय ३५ वर्षीय विशाल श्रेष्ठलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले उनले मादक पदार्थ सेवन गरी झैंझगडा गरेको खबर प्राप्त हुनासाथ चेकजाँच गर्दा उनको कोठाबाट गाँजा फेला पारी पक्राउ परेको छ ।

सम्बन्धित
Loading...