धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डा मिलाउन मन्त्रालय टुक्राटुक्रा पारिएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय टुक्र्याएर आईतबार मन्त्रालयको जिम्मेवारी बाँडेका छन् ।
विना विभागीय मन्त्रीको शपथ खाएका नवनियुक्त मन्त्रीहरूले २० दिनपछि जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर नेकपा माओवादी केन्द्रका अक्कल रावललाई जलस्रोत तथा शहरी विकास मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट ‘सरल’लाई स्वास्थ्य, महिला तथा बालबालिका र माओवादीका लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा एमालेका वीरबहादुर थापालाई वन, वातावरण तथा सहकारी र नेकपा एकीकृत समाजवादीका माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ ।
एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि सरकारमा एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री, माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास मन्त्री, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी थियो ।
यस्तो छ मन्त्रालयको कार्यविभाजन –