धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रका लागि १ करोड राहत दिने निर्णय गरेको छ ।
आज शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको जनाएका छन् ।
सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत गरेको छ । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।