धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४ डीगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
से५प ६१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका थिए ।
मोटरसाइकल र चालक कैलारी गाउँपालिका–८ बस्ने ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीको नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।