राति जीपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, मृतकको पहिचान खुलेन

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ मा गएराति जीपसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोल्पाबाट घोराहीतर्फ जाँदै गरेको बा१८च ८६१८ नम्बरको बोलेरो जीप र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु३२प ७०१४ नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...