जंगल रिसोर्ट नजिक मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ जंगल रिसोर्ट नजिक पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुप प्र ०१००१० प ५०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार साँझतिर दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी–२ विशालचोक बस्ने ३२ वर्षीय धोजबहादुर शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...