काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिप्परले ना२६प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।
टिप्पर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।