महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीय १८ वर्षीय किशोरको घरको कोठामा खानतलासी गर्दा भेन्टिलेसनमा लुकाइछिपाई राखेको अवस्थामा ०.१५ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित १८ वर्षीय किशोर र भीमदत्त–४ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई नियन्त्रणमा लिइएको छ ।
यसैगरी जानकी टोलकै २८ वर्षीय शंकरदत्त जोशीको घरको कोठामा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित शंकरदत्त जोशी र २१ वर्षीय ईमानुयल राई समेत २ जनालाई नियन्त्रणमा लिइएको छ ।
बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।