अवैध लागूऔषधसहित १ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ चौखुट्टेबाट अवैध लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

प्रहरीले ब्रोफिन एम्पुल २६ थान र फेनारगन एम्पुल २६ थान गरी जम्मा ५२ थान प्रतिबन्धित लागूऔषधसहित स्थानीय ३१ वर्षीय विजयराज पन्तलाई शनिबार साँझतिर पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनको घरको उत्तरपट्टी थुपारेको काठमुनि लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध फेला पारेको थियो ।

बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...