अवैध लागूऔषधसहित ३ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका–६ नकैयाबाट कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने २५ वर्षीय समिर बसुवालाई २.५६ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बेलौरी नगरपालिका–७ कालोपुलबाट प्रहरीले शुक्लाफाटा नगरपालिका–१ बन्साह बस्ने २१ वर्षीय पारश बिष्ट र १८ वर्षीय किशोर समेत २ जनालाई ०.२३ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
लागूऔषध सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
Loading...