अवैध लागूऔषधसहित २ जना पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ ग्राम ५५० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित धनगढी–१३ बस्ने ३० वर्षीयको शिवदास राना र २० वर्षीय विरेन्द्र रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।

बरामद लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...