करेन्ट लागेर १ जनाको मृत्यु

अछाम । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ४१ वर्षीय पदम बोहराले सरस्वती आधारभूत विद्यालय भासुवन नजिकै रहेको विद्युत् ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनी विद्युत्का कर्मचारी होइनन् ।

करेन्ट लागेर घाइते भएपछि उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउने क्रममा बाटोमा नै उनको मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...