मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु

धनगढी । पूर्वपश्चिम राजमार्गको घोडाघोडी नगर क्षेत्रमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वदेखि पश्चिमतर्फ गइरहेको से७प १८७८ नम्बरको मोटरसाइकलले स्थानीय अन्दाजी ५० वर्षीय पैदलयात्री नरबहादुर धामीलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएर घोडाघोडी अस्पताल सुखड हुँदै उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक घोडाघोडी–४ बस्ने ४५ वर्षीय टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको ।

मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...