बाँके । जिल्लाको कोहलपुर नगरपालिका–३ मैटवा चोकमा लु२ख ४४९२ नम्बरको गाडीले भे१२प ४०५३ नम्बरको मोटरसाइकललाई आईतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कोहलपुर नगरपालिका–१५ चन्गवा बस्ने ५७ वर्षीया अतानी थारूको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र १ जनाको साइकल यात्रीको अस्पतालमा उपचार भइरहेको छ ।
गाडी चालकलाई नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।