महेन्द्रनगर । कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–७ सुडाबाट ३.०९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित १९ वर्षीय विवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट ०.२६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित २२ वर्षीय कमल चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएका्े छ ।