धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामानसहित
कैलाली जिल्लाको विभिन्न स्थानहरू धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट बालुवाघाट र गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ५८ हजार ५९० रुपैयाँ बराबरका प्याज, गुट्खा, पास्ता, लेडिज कुर्ती, सुपारी, चकलेट लगायतका सामानहरू मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।
यसैगरी, गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सब्जीमण्डी नजिकबाट अवैध रूपमा भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ५ लाख ५४ हजार ५०० रुपैयाँ बराबरको १ हजार १०० किलोग्राम प्याज र ८ वटा मोटरसाइकलसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ४० वर्षीय रामअवतार रानालाई विशेष सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।
सामानसहित उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।
कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरू भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय नजिक, भीमदत्त–११ चौकी सत्ताबाट, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी–२ बैजुडाडा, बेलौरी–६ नकैया, भुराकोट र बेलौरी–१० भुडा पन्तचोक नजिकबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २ लाख ६१ हजार ३५१ रुपैयाँ बराबरको चिनी, रिफाइन्ड तेल, चरिको बिउ, लेडिज सुट, चकलेट, सुर्ती, कस्मेटिक सामान, ब्रोइलर कुखुरा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी तथा ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।