प्रहरीले बरामद गर्‍यो १३ लाखको चिनी र बिडी, गाडीसहित चालक पक्राउ

धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–८ देउराली चोकबाट प्रहरीले १३ लाख मूल्य पर्ने चिनी र बिडी बरामद गरेको छ ।

भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मूल्य १३ लाख २ हजार ४०० रुपैयाँ बराबरको चिनी र बिडी प्रहरीले बरामद गरेको छ ।

सुप प्र ०१००२ च ३९५७ नम्बरको गाडीसहित चालक कैलालीको जानकी गाउँपालिका–२ बस्ने २६ वर्षीय धनिराम चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारेर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...