कैलाली–कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका–७, ८ सोनाफाँटास्थित भित्री सडक खण्ड र भजनी नगरपालिका–५ कौवाखेडास्थित झोलुङ्गे पुल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ६१ हजार ३५ रुपैयाँ बराबरको प्याज, चिनी, बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, मैदा, स्याम्पु, पेय पदार्थ, साइकलको ट्युब लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरेको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ सब्जीमण्डी, बसपार्क र भीमदत्त–१० विद्युत् कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २ लाख ४३ हजार १९५ रुपैयाँ बराबरको चिनी, मिश्री, कुर्ती, सुट, मोबिल, ग्रिस, जुत्ता, दूध पाउडर, मेहेन्दी, बदाम पाक, रोगम बदाम, नारी सुधा, गोल्डेन धुप, भेष्ट, गुलाब जल, हर्बल, सिलाजित, दाल, गाजर, भिण्डी, सिमला मिर्चा, फर्सी, माछा लगायतका सामान प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...