धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट प्रहरीले भन्सार छलिको अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ४४ हजार ९७० बराबरको चिनी, प्याज, चना, मैदा, साडी, सुर्ती, बिस्कुट, मिठाई, दोपट्टा मखमल लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
धनगढी–९ बांग्राकटानबाट अन्दाजी मूल्य १२ हजार रुपैयाँ बराबरका माछा बरामद गरिएको छ ।
प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।