धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिका–३ जसबहादुर घाटबाट प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ४०० मिलीग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित जानकी गाउँपालिका–३ बस्ने २२ वर्षीय प्रदीप चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा दुवै जनाका साथबाट लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।