महेन्द्रनगर । अदालतबाट कैद सजाय तोकिएर फरार रहेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनका सिलसिलामा भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ३० वर्षीय महेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरको २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्दामा उनलाई १४ दिन कैद सजाय र ४१ हजार ७५ रुपैयाँ जरिवाना ठहर भएको थियो ।
बिहीबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।