पथरी गाउँबाट १८ क्युफिट अवैध काठ बरामद

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१७ पथरी गाउँबाट अवैध काठ बरामद भएको छ ।

स्थानीय ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आँगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया १ (१८ क्युफिट) अवैध काठ प्रहरीले आईतबार राति नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी कनरी कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले डल्लबमा लोड गरिराखेको अवस्थामा अवैध काठ फेला पारी उनीसहित काठ र डल्लबलाई सबडिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ ।

सम्बन्धित
Loading...