भन्सार छलिका अवैध सामान बोकेको मोटरसाइकलसहित १ जना पक्राउ

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान र १ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय अगाडि र भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख ९ हजार १४० रुपैयाँ बराबरका हार्डवेयरका सामान, चप्पल, चिनी, दाल, मिश्री लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

बरामद सामानहरू आवश्यक कारवाहीका लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको छ ।

यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ३२ हजार ४०० रुपैयाँ बराबरको चकलेट, पोलिथिन लगायत मोटरसाइकलसहित बेलौरी नगरपालिका–१० सडकघाँट बस्ने २७ वर्षीय हुकुमदास चौधरीलाई बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...