अवैध लागूऔषधसहित १ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित १ नना पक्राउ परेका छन् ।

प्रहरीले १५ ग्राम लागूऔषधसहित झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले बा प्र ०३–००१ ख १६३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...