धनगढी । कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ मनहराबाट १७० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित स्थानीय २७ वर्षीय हेमसिंह साउँदलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारेर पक्राउ गरिएको छ ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–११ रामजानकीटोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २८ वर्षीय विराट रावललाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी उनले प्रयोग गरेको मोटरसाइकल १ र लागूपदार्थसहित पक्राउ गरिएको छ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ सुकासालबाट १.७२ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय विजय पाल समेत २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट सुकासाल कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूपदार्थ फेला पारी उनीहरूले प्रयोग गरेको मोटरसाइकल १ र लागूपदार्थसहित उनीहरूलाई पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टरबाट ०.६७ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित भीमदत्त–१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त–८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरू भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूपदार्थ फेला पारी लागूपदार्थसहित पक्राउ गरेको छ ।
बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।