धनगढी । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकस्थित राजमार्गमा कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
भारतीय नम्बर टीएस ०८ जीबी ६५३७ को कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा–१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कार र चालक लम्कीचुहा नगरपालिका–१० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।