ट्यांकरको ठक्करबाट स्कुटर चालक किशोरीको मृत्यु

ललितपुर । जिल्लाको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँ स्कुल चोकमा ट्यांकरको ठक्करबाट स्कुटर चालक किशोरीको मृत्यु भएको छ ।

बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४ प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महालक्ष्मी नगरपालिका–८ शंखदेवी चारघरे घर भएकी १७ वर्षीया सोहन राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कृष्टक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...