दाङमा बस दुर्घटना हुँदा यी २ जनाको मृत्यु

दाङ । जिल्लाको देउखुरीमा आईतबार राति बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरीको मृत्यु भएको छ ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको थियो ।

बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताएका छन् ।

सम्बन्धित
Loading...