त्रिशुली नदीमा फेला पर्यो दुर्घटनाग्रस्त जीप
चितवन । त्रिशुली नदीमा भारतीय नम्बरको जीप फेला परेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकबाट त्रिशुलीमा खसेको जीप फेला परेको हो ।
स्थानीयले गाडी खसेको सूचना दिएपछि खोजबिन गर्दा प्रहरीले भारतीय नम्बरको जीप फेला पारेका हुन् । जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली परिचालन भएको थियो ।
गोताखोरको टोलीले जीप पानीभित्र भेटाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले बताए । जीपमा रहेका यात्रुबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।